Need Help ?
Call: +977- 026520257
News Flash
आ.व. ०७३/७४ को स्वीकृत संसोधित वार्षिक कार्यक्रमको क.नं. १० (TRUSS मा बनेका विद्‍यालय ब्लक मर्मत) र क.नं. ८.२.३.३१.८ (विद्‍यालय मर्मत तथा सम्भार) अन्तर्गत ब्लक मर्मत/विद्‍यालय मर्मत तथा सम्भार का लागि छनौट भएका विद्‍यालयहरुको नामावली र सूचना|| आ.व. ०७३/७४ को स्वीकृत संसोधित वार्षिक कार्यक्रमको क.नं. २.१५.११.११९.६ अन्तर्गत ICT का माध्यमबाट शिक्षण सिकाईका लागि कम्प्युटर Equipment तथा Kits खरिद अनुदानका लागि छनौट भएका विद्‍यालयहरुको नामावली र सूचना|| स्थायी नियुक्ति/पदस्थापनाका लागि विद्‍यालय विवरण प्रकाशन गरिएको सूचना ।।।|| ICT का माध्यमबाट शिक्षण सिकाइका लागि कार्यक्रम माग गर्ने बारे सूचना ।|| Truss Block मर्मत योजना माग गर्ने सम्बन्धी जिल्ला शिक्षा कार्यालय धनकुटाको अत्यन्त जरुरी सूचना|| मिति २०७४/०३/२४ गते शिक्षक सेवा आयोगबाट सञ्चालन हुने प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षक पदमा दरखास्त दिने उम्मेदवारहरुले यस कार्यालयको विद्‍यालय प्रशासन शाखामा सम्पर्क राखी प्रवेश पत्र बुझि लैजानुहुन अनुरोध छ ।|| अस्थायी शिक्षक फाराम भराउने सम्बन्धमा|| राष्ट्रिय प्रारम्भिक कक्षा कार्यक्रम सुरु||

समाचार बिस्तारमा

राष्ट्रिय प्रारम्भिक कक्षा कार्यक्रम सुरु

 जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुरु भएको छ । एकदेखि तीन कक्षासम्मका विद्यार्थीलाई नेपाली भाषाका पाठ्यसामग्री राम्ररी बुझेर पढ्न सक्ने बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । चालू आर्थिक वर्षबाट सुरु गरिएको कार्यक्रमका लागि देशभरका १६ जिल्ला छनोट गरिएको छ । जसमा पूर्वाञ्चलका धनकुटा र सप्तरी छानिएका क्षेत्रीय शिक्षा कार्यालय धनकुटाले जनाएको छ । कार्यक्रम जिल्लाका सबै सामुदायिक विद्यालयमा सञ्चालन हुने जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोख्रेलले बताए । उनका अनुसार यस वर्ष विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम र विद्यालयले आगामी दिनमा गर्नुपर्ने कार्यक्रमका बारेमा अभिमुखीकरण गरिएको छ । बुधबार जिल्ला शिक्षा कार्यालय धनकुटामा आयोजनामा गरिएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको जानकारीसहित यस वर्ष भएका कार्यप्रगति समीक्षामा वैशाखबाट कार्यक्रम सुरु भएको जानकारी दिइएको थियो । यस अवधिमा जिल्लाका सबै विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई अभिमुखीकरण तालिम दिइएको कार्यक्रमका जिल्ला संयोजक योगेन्द्र चापागाईंले बताए । उनले १५ वटै स्रोत केन्द्रमा स्रोत केन्द्रस्तरीय विद्यालयका प्रधानाध्यापकको सहभागितामा समीक्षा बैठकसमेत सम्पन्न भएको जानकारी दिए । आगामी आर्थिक वर्ष ०७३/७४ मा विद्यालयलाई पूरक (सन्दर्भ) सामग्रीहरूको वितरण, शिक्षण सिकाइ सामग्रीहरूको वितरण, शिक्षक तालिम तथा प्राविधिक सहयोगलगायतका क्रियाकलाप सञ्चालन हुने जिल्ला शिक्षा कार्यालय धनकुटाले जनाएको छ । पाँच वर्षसम्म सञ्चालन हुने कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन तथा अनुगमनका लागि जिल्लाका सबै सरोकारवालाहरू रहेको जिल्ला समन्वय समितिसमेत गठन गरिएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको सहयोगमा सञ्चालन भएको हो । - See more at: http://www.enayapatrika.com/2016/07/75445#sthash.wNKmBlpl.dpuf